Tuesday, October 23, 2012

तिमि बोल्दा ...........

मिलन भाको बर्षौं पछी, आफ्नो मनको कुरा खोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||

कहिलेकाही अनायासै, मेरो मुटु तोड्यौ भने,
माया प्रेमको मलम लगाउ, बिस्वश्घातले मुटु पोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||

जीवन यसै सुखी थियो, तिमि आयौ बहार छायो,
सुनमा अझै सुगन्ध भो, अमृतरुपी माया घोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||

मलाइ मात्र सम्झंन्छौ रे, एकान्तमा बस्दाखेरी,
मुटुभित्र पिडा हुन्छ, अन्धकारमा एक्लै टोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||

न  त केहि भन्न सकें, न त तिमीले प्रस्न गर्यौ,
माया प्रेममा पागल बनि, अनायासै मुटु डोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||

जिस्किएका रैछौ तिमि, मैले तिमीलाई स्वार्थी ठाने,
धन सम्पत्ति दौलत जस्तै, आज मेरो माया मोल्दा  |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||

"अदना"को माया माथि, ब्यापार गर्न खोज्यौ क्यारे,
कताकता संका लाग्यो, पराइसंग मलाइ तोल्दा |
मिलन भाको बर्षौं पछी, आफ्नो मनको कुरा खोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||

डरायौकी कसो ?


फोन गर्छु भन्थ्यौ नम्बर हरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो?


के के भयो कसो भयो थाहा पत्तो छैन,
 अन्जानमै मलाई गल्ती गरायौकी कसो?
घ्रिणा  गर्छे भन्ठानेर डरायौकी कसो ?


पहिले पहिले गुलाब जस्तै प्यारि तिमी भन्थ्यौ ,
ओिलिएको फुल सम्झी झरायौकी कसो?
 घ्रिणा  गर्छे भन्ठानेर डरायौकी कसो ?


मेरो दिल्को बगैचामा कुल्ची हिंडेकाछौ,
 खुला मैदान सम्झी सबै चरायौकी कसो?
घ्रिणा  गर्छे भन्ठानेर डरायौकी कसो ?


हिजो आज जताततै खिल्ली उडाउछौरे,
मेरो नाममा पागल बनी करायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?


मुखलेत ठीक्क पारी अन्त जान्न भन्थ्यौ ,
मेरो मुटु रित्याई अन्तै भरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?


हिजो आज सुनसान लाग्छ आफ्नै मुटु पनि,
यो दिलबाट अन्तै डेरा सरायौकी कसो ?
फोन गर्छु भन्थ्यौ नम्बर हरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?

गीत


संध्याकालको सुर्यको झै आज मेरो गती भयो 
निस्ठुरिलाई माया गर्दा जिन्दगीको खती भयो ।।  


पहिला माया आँफै लायौ अहिले किन सताउदैछौ 
मैले माया यपिरहे तिमी यता घटाऊदैछौ ।। 
मेरो प्रेमको कुरै छाड तिम्रो भन कती भयो 
निस्ठुरिलाई माया गर्दा जिन्दगीको खती भयो ।। 


माया होस् या दु:ख पिडा त्यसले पनि मुटु छुन्छ 
सहनशिल छे नारी तर त्यसको पनि सिमा हुन्छ ।। 
म चाँही के कम तिमी भन्दा तिम्रो घिणा अती भयो 
निस्ठुरिलाई माया गर्दा जिन्दगीको खती भयो ।। 

मेरो जीवनमा आमाको अर्थ र महत्व ................


जन्मेपछी पहिलो खाना आमा नभै खाइन्छ र ?
आमा को झै चोखो माया अन्त कतै पाईन्छ र ?

मेरो लागि अनमोल छ उन्को प्यारो छाया, 
उन्को न्यानो काख पए सुत्नलाई के चाहिन्छ र ?
आमा को झै चोखो माया अन्त कतै पाईन्छ र ?


मेरो सारा चाहानालाई पुरा गरेकी छन, 
उन्को लोरी सुन्न नपाई मिठो गीत गाइन्छ र ?
आमा को झै चोखो माया अन्त कतै पाईन्छ र ?


आमा भन्दा ठुलो छैन भगवाननी मेरो लागि,
स्वर्ग जस्तो कोख बिना यो संसारमा अैन्छ र ?
आमा को झै चोखो माया अन्त कतै पाईन्छ र ?


माया गर्न सिकाउछिन घ्रिनासँग लुकाएर,
घ्रिना गर्न सिकाएर मन मुटुमा छाइन्छ र ?
आमा को झै चोखो माया अन्त कतै पाईन्छ र ?


बिर्सन कहाँ सकिन्छ र आफु हुर्केको ठाउँ,
सम्झना न आको भए त्यसै माइती धाइन्छ र ?
आमा को झै चोखो माया अन्त कतै पाईन्छ र ?


साथी जस्तो कहाँ होर जो सँग नि गास्न मिल्ने, 
रगतको हो नाता हाम्रो पराइसँग लाइन्छ र ?
जन्मेपछी पहिलो खाना आमा नभै खाइन्छ र ?
आमा को झै चोखो माया अन्त कतै पाईन्छ र ?

फुलको बर्षा दिल्ले गर्छ ।।।


तिमी मलाई साथ देउ बाधा अड्चन सबै टर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।। 


तिमीसँग भेट्ने रहर धेरै पहिल थियो तर,
यो मन सधैं भनिरहन्छ अब चाडै भेट्नै पर्छ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।। 


मनमा मेरो हलचल हुन्छ एकान्तमा बस्दाखेरी,
कतै तिमी आफ्नो नभै पराइ हुन्छौ भन्ने डर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।। 


सोच्ने बेला आएकोछ निर्णय झन अमुल्य  भो,
तिम्रो मनलाई कहाँ रख्छौ मेरो मन त त्यतै सर्छ  ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।। 


मेरो मनको कुरै छाड तिम्रो मननी खाली होला,
चिन्ता गर्नु पर्दैन भो खाली मुटु प्रेमले भर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।। 


एक्लै बस्दा बेदनाले सताउन आउछ होला,
दु:ख पिरको कुरै छाड निरशा झन त्यसै मर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।। 


रुप रङ हैन "अदना"ले तिम्रो दिललाई चाहेकी हुँ,
जवानीको के कुरा भो कहिले फुल्छ कहिले झर्छ ।। 
तिमी मलाई साथ देउ बाधा अड्चन सबै टर्छ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।। 

मन हँसाउन


शड्यन्त्रका जालाहरु बुन्न थाल्यौ फसाउन |
तरपनी के सक्थ्यौर रोएको मन हँसाउन ?


मेरा पिर र वेदनाका भाबनालाई सुनेपछी,
मोतिरुपी आशुधारा आँफै थाल्यौ खसाउन |
तरपनी के सक्थ्यौर रोएको मन हँसाउन ?


समुद्र झै शान्त थियो मेरो मुटु आजसम्म,
मायारुपी छाल बनी किन आयौ सताउन |
तरपनी के सक्थ्यौर रोएको मन हँसाउन ?


मेरो मन्लाई जालमा पारी प्रेमबन्धनले बान्छु भन्छौ,
जिन्दगीभर चाहन्न म स्वतन्त्र दिल कसाउन |
तरपनी के सक्थ्यौर रोएको मन हँसाउन ?


पत्थर जस्तै कठोर् छ मन सक्छौ भने कोशीश गर,
कयौ बर्ष लग्न सक्छ मनमा माया रसाउन |
तरपनी के सक्थ्यौर रोएको मन हँसाउन ?


तिमी मेरी भाईनौ भने आत्मा हत्या गर्छु भन्छौ,
धेरै छुते बाचा कसम नखोज भो तर्साउन |
तरपनी के सक्थ्यौर रोएको मन हँसाउन ?


तिम्रो बशमा पार्न मलाई जती आशा देखाएनी,
असमर्थ छे "अदना" तिम्रो घरजम बसाउन |
शड्यन्त्रका जालाहरु बुन्न थाल्यौ फसाउन ||
तरपनी के सक्थ्यौर रोएको मन हँसाउन ??

रहर आज .................


रोइ रोइ बिताइदिए कहाली लाग्दो प्रहर आज |
हुरीको खरानी भयो मेरा सारा रहर आज ..........||....... 

माया विश्वास गर्छन भन्ने भ्रममा जीवन बिताउदा,
त्यहि बिस्वाशले गर्दा जीवन बन्न पुग्यो बगर आज |
हुरीको खरानी भयो मेरा सारा रहर आज ........||......... 

माया सारै महँगो छ भन्ने गर्थे भन्नेहरु,
आफैलाई परिदिदा लाग्न थाल्यो ठहर आज |
हुरीको खरानी भयो मेरा सारा रहर आज ..........||..... 

भएभरका आफन्तले पिडा दिई गएपछि,
बिरानो झैँ लाग्न थाल्यो आफैँ बस्ने सहर आज ||
हुरीको खरानी भयो मेरा सारा रहर आज ..........||....... 

आफ्नै मनमा पीडाका छालहरु उर्लेपछी,
सानो सानो लाग्न थाल्यो साउनको नहर आज |
हुरीको खरानी भयो मेरा सारा रहर आज .........||........ 

समयको बहार संगै परिवर्तन हुनेहरु, 
घृणा गर्न थालेका छन प्यारी ठान्ने नजर आज |
हुरीको खरानी भयो मेरा सारा रहर आज ..........||....... 

आफ्नो जीवन देखि आज आफैँ दिक्क भएपछी,
अमृत भन्दा पनि मिठो लाग्नथाल्यो जहर आज ||
रोइ रोइ बिताइदिए कहाली लाग्दो प्रहर आज ||
हुरीको खरानी भयो मेरा सारा रहर आज ........||......... 

गयौ तिमि


झुठो माया लगाई आज फसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||

मान्छे नै हुँ इच्छा रहर कयौ थिए मुटुभित्र,
चाहनाको गला मेरो कसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||

जिउदो लाशमा


बिस्वाश माथि अनेकौ घात गर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

मेरै लागि जिउछु अनि मेरै लागि मर्छु भन्थ्यौ,
मलाइ छाडी पराइ प्रति मर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

झरेको दिन


मेरो निश्चल चोखो सिउदो पराइले भरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

कोहि छैन रोइदिने मेरो लागि यो धर्तिमा,
सम्झी सम्झी रुदैछु म आफु स्वयं मरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

रिसाउन आएँ

बिगतका ति सारा कुरा बिसाउन आएँ  |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ  ||

म त सधै अमृत थिए आज तिमि बिष भयौ,
जे त होला अमृतमा बिष मिसाउन आएँ |
बर्षौं पछी तिमीसंग रिसाउन आएँ ||