Tuesday, October 23, 2012

झरेको दिन


मेरो निश्चल चोखो सिउदो पराइले भरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

कोहि छैन रोइदिने मेरो लागि यो धर्तिमा,
सम्झी सम्झी रुदैछु म आफु स्वयं मरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

संगै बाच्ने संगै मर्ने बाचा कसम ब्यर्थ भए,
बिर्सिदिन करै लाग्यो संगै बाचा गरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

तिमि थियौ म नि थिए साँझमा पानि पर्दै थियो,
फर्की आउने छैन अब त्यस्तो झरी परेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

मैले हिड्ने बाटोभरी कोमल मुटु बिछ्याएथ्यौ,
जिन्दगीभर बिर्सन्न म बाटोमा फूल छरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

संगै थियौ तिमि र म एक-अर्काको मुटुभित्र,
आँखाभरी आँशु थियो एक्लै डेरा सरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

तिम्ले मेरो मुटु लियौ एक्ली भाछे यो "अदना",
याद आउछ अझै पनि संगै खोला तरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

साथमै थिइन सिता पनि रामबाट छुटाउन, 
लंका बाट राबण आइ सीताजीलाई हारेको दिन |
मेरो निश्चल चोखो सिउदो पराइले भरेको दिन |
तिम्रो हातको सिन्दुर लाउने आशाको फूल झरेको दिन ||

No comments:

Post a Comment