Tuesday, October 23, 2012

जिउदो लाशमा


बिस्वाश माथि अनेकौ घात गर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

मेरै लागि जिउछु अनि मेरै लागि मर्छु भन्थ्यौ,
मलाइ छाडी पराइ प्रति मर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||


म संग त ठिक्क पारि तिम्रै दिलमा बस्छु भन्थ्यौ,
पराइको दिलमा डेरा सर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

खुशी राख्छु ओठमा मुस्कान भरिदिन्छु भन्थ्यौ तिमि,
आँखाबाट आशु बनि झर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

बाधा रुपी खोला नाला हात समाउदै तार्छु भन्थ्यौ,
मलाइ बिचमै छाडी खोला तर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

कस्तो सपना देखें आज अचम्म यो हरेशिब,
पराइको सिउदो तिमि भर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

मेरो आयु तिमीलाई भो लाखौँ वर्ष बाँच भन्थ्यौ
अदना"कै प्राण वायु हर्दै थियौ त्यतिबेला |
बिस्वाश माथि अनेकौ घात गर्दै थियौ त्यतिबेला |
मेरो जिउदो लाशमा कोइला छर्दै थियौ त्यतिबेला ||

No comments:

Post a Comment