Tuesday, October 23, 2012
गयौ तिमि
झुठो माया लगाई आज फसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||
मान्छे नै हुँ इच्छा रहर कयौ थिए मुटुभित्र,
चाहनाको गला मेरो कसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||
तिमीलाई इश्वर ठानी आफ्नै जीवन चढाउदा,
सिसा ठानेउ त्यसैले त खसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||
मेरो मुटु टुक्र्याएर बिच सडकमा छाड्यौ अनि,
समाजरुपी सर्पबाट डसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||
मिठो सपना देखाएर मेरो खुशी लुटेपछि,
आँखा भरि आशुका भेल पसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||
यो मुटुको महल भित्र तिम्लाई सजाई राख्दापनि,
मुटुबाट आँखा हुदै रसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||
"अदना"ले तिमीसंगै जिउन मर्न चाहेकी थि,
मलाइ रुवाइ दुनियालाई हसाएर गयौ तिमि |
झुठो माया लगाई आज फसाएर गयौ तिमि |
मलाइ छाडी अन्तै घरजम बसाएर गयौ तिमि ||
Labels:
गजल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment