फाटिसक्यो मुटु मेरो, मन लागे टाले हुन्छ।
तिम्रो दुख देखेपछि, पग्लिएको मन मेरो,
रुने छैन मुटु अब, मइन सम्झी बाले हुन्छ।
अधिकार छ तिमीलाई, ढुंगा सम्झी फाले हुन्छ।।
पिडा दिइ मन मेरो, दुखाएर गयौ तिमि,
माया गर्छु तिमीलाई, जति सक्छौ गाले हुन्छ।

चोट दिंदा मृत्युको, काखमा पुग्छे भन्ठानेछौ,
चोटले मात्र के दुख्छ र ? नुन चुक पनि हाले हुन्छ।

मेरो सफल जिन्दगीको, रिस गर्न थालेका छौ,
माथिसम्म पुर्याएर, फेदमै काटी ढाले हुन्छ।

आफ्नो झुटो माया प्रिती, बजार बजार बेच्ने तिमि
बाहिर राख्नु पर्दैन भो, घर मै ल्याई पाले हुन्छ।

मेरो लाश हेर्नलाई, आतुर भयौ तिमि आज
मलाइ छोप्न पिताम्बर र, कात्रो किन्न थाले हुन्छ।
फाटीसक्यो मुटु मेरो, मन लागे टाले हुन्छ।