मेरो कोमल मुटुलाई, बगर ठान्छौ के गरु म ?
पबित्र यो गङ्गालाई, नहर ठान्छौ के गरु म ??
घायल भए पागल बनें, तिम्रो कठोर शब्दबाट
अमृत धारा बगाउदा नि, जहर ठान्छौ के गरु म??
पबित्र यो गङ्गालाई, नहर ठान्छौ के गरु म ??
मेरो पनि चाहना हो सुख शान्ति खुशी पाउने
बाध्यता र बिबशतालाई रहर ठान्छौ के गरु म?
पबित्र यो गङ्गालाई, नहर ठान्छौ के गरु म ??
यहि गाउँमा बिकाश गरि, अघि बढौं भन्दाखेरि,
जिन्दगीको एउटै लक्ष्य, शहर ठान्छौ के गरु म?
पबित्र यो गङ्गालाई, नहर ठान्छौ के गरु म ??
तिम्रो मनको दुख पिडा, जे जति छ भन भन्दै
मैले गर्या अनुरोधलाई, कहर ठान्छौ के गरु म?
पबित्र यो गङ्गालाई, नहर ठान्छौ के गरु म ??
भनेकै छु तिम्लाई दुख्दा, मेरो आशु खसेको छ
मेरो मनको भावनालाई, लहड ठान्छौ के गरु म?
पबित्र यो गङ्गालाई, नहर ठान्छौ के गरु म ??
"अदना" लाई आज तिम्ले, भुँइको धुलो मानेउ तर,
आफुलाई स्वच्छ सुन्दर, सगर ठान्छौ के गरु म?