फोन गर्छु भन्थ्यौ नम्बर हरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो?
के के भयो कसो भयो थाहा पत्तो छैन,
अन्जानमै मलाई गल्ती गरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?
पहिले पहिले गुलाब जस्तै प्यारि तिमी भन्थ्यौ ,
ओिलिएको फुल सम्झी झरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?
मेरो दिल्को बगैचामा कुल्ची हिंडेकाछौ,
खुला मैदान सम्झी सबै चरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?
हिजो आज जताततै खिल्ली उडाउछौरे,
मेरो नाममा पागल बनी करायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?
मुखलेत ठीक्क पारी अन्त जान्न भन्थ्यौ ,
मेरो मुटु रित्याई अन्तै भरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?
हिजो आज सुनसान लाग्छ आफ्नै मुटु पनि,
यो दिलबाट अन्तै डेरा सरायौकी कसो ?
फोन गर्छु भन्थ्यौ नम्बर हरायौकी कसो?
घ्रिणा गर्छे भन्ठानेर डरायौकी कसो ?
No comments:
Post a Comment