तिमी मलाई साथ देउ बाधा अड्चन सबै टर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।।
तिमीसँग भेट्ने रहर धेरै पहिल थियो तर,
यो मन सधैं भनिरहन्छ अब चाडै भेट्नै पर्छ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।।
मनमा मेरो हलचल हुन्छ एकान्तमा बस्दाखेरी,
कतै तिमी आफ्नो नभै पराइ हुन्छौ भन्ने डर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।।
सोच्ने बेला आएकोछ निर्णय झन अमुल्य भो,
तिम्रो मनलाई कहाँ रख्छौ मेरो मन त त्यतै सर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।।
मेरो मनको कुरै छाड तिम्रो मननी खाली होला,
चिन्ता गर्नु पर्दैन भो खाली मुटु प्रेमले भर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।।
एक्लै बस्दा बेदनाले सताउन आउछ होला,
दु:ख पिरको कुरै छाड निरशा झन त्यसै मर्छ ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।।
रुप रङ हैन "अदना"ले तिम्रो दिललाई चाहेकी हुँ,
जवानीको के कुरा भो कहिले फुल्छ कहिले झर्छ ।।
तिमी मलाई साथ देउ बाधा अड्चन सबै टर्छ।।
नजरैले स्वागत तिमीलाई फुलको बर्षा दिल्ले गर्छ ।।।
No comments:
Post a Comment