मिलन भाको बर्षौं पछी, आफ्नो मनको कुरा खोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||
कहिलेकाही अनायासै, मेरो मुटु तोड्यौ भने,
माया प्रेमको मलम लगाउ, बिस्वश्घातले मुटु पोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||
जीवन यसै सुखी थियो, तिमि आयौ बहार छायो,
सुनमा अझै सुगन्ध भो, अमृतरुपी माया घोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||
मलाइ मात्र सम्झंन्छौ रे, एकान्तमा बस्दाखेरी,
मुटुभित्र पिडा हुन्छ, अन्धकारमा एक्लै टोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||
न त केहि भन्न सकें, न त तिमीले प्रस्न गर्यौ,
माया प्रेममा पागल बनि, अनायासै मुटु डोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||
जिस्किएका रैछौ तिमि, मैले तिमीलाई स्वार्थी ठाने,
धन सम्पत्ति दौलत जस्तै, आज मेरो माया मोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||
"अदना"को माया माथि, ब्यापार गर्न खोज्यौ क्यारे,
कताकता संका लाग्यो, पराइसंग मलाइ तोल्दा |
मिलन भाको बर्षौं पछी, आफ्नो मनको कुरा खोल्दा |
मनमा मेरो हलचल हुन्छ, आँखा जुधाई तिमि बोल्दा ||
अति राम्रो ... शब्दहरुको चयन राम्रो छ |
ReplyDeletethank you
Delete